65
Shares
काठमाडौं, २९ चैत । नेटवर्किङ व्यवसाय मार्फत ठगी गरेको आरोपमा एक युवत्ती जुनुकला राईलाई पक्राउ गरेको छ ।
३५ वर्षकी राईले चावहिल गंगाहिटीमा भिजन ड्रिमरी प्रालि नामक कम्पनी सञ्चालन गरेर युवा युवतीलाई आकर्षक आम्दानीको लोभ देखाएर ठगी गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनले १६ देखि २५ वर्षका युवायुवतीलाई २५ देखि ४६ प्रतिशतसम्म नाफा हुने, वैदेशिक भ्रमण गर्न पाइने भनी ११ हजार ३ सय देखि ५ लाख रुपैयाँसम्म तिरी सदस्यता लिन लगाउने र कम्तीमा ४ जना सदस्य बनाएमा लगानी रकम फिर्ता हुने आश्वासन दिएकी थिइन् ।
जुनुकलाविरुद्ध १४ जनाले लिखित र ३६ जनाले मौखिक उजुरी दिएको प्रहरीले जनाएको छ । लिखित उजुरी दिनेले १७ लाख ३ हजार ४०० र मौखिक उजुरी गर्नेले ३८ लाख १९ हजार ४०० रुपैयाँ ठगी गरेको दाबी गरेका प्रहरीले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन