119
Shares
काठमाडौँ, २९ चैत । नयाँ शैक्षिक सत्रका लागि ५० प्रतिशत पाठयपुस्तक ढुवानी भइसकेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ ।
वैशाख १ गतेदेखि सुरु हुन लागेको २०८० को शैक्षिक सत्रका लागि जिल्ला सदरमुकाममा पाठयपुस्तकको ढुवानी भइसकेको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिएको हो ।
कक्षा ६ देखि १० सम्मका लागि १ करोड ५० लाख थान पाठयपुस्तक छापिसकिएको छ । ५० प्रतिशत किताबको ढुवानी समेत सकिएको छ,’ झाले भने ।
केन्द्रले गत शुक्रबारदेखि नै पाठयपुस्तक बिक्री वितरण सुरु गरेको थियो । पाठयपुस्तक बिक्री वितरणका लागि केन्द्रका ९ वटा बिक्री केन्द्रबाट काम गर्दै आएका छन् । त्यस्तै १ हजार २ सय ६७ बिक्रेतामार्फत केन्द्रले पाठ्यपुस्तक विक्री वितरणको कार्य गर्दै आएको झाको भनाइ छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन