मतदाता नामावली दर्ता कार्य स्थगन

   १३ जेष्ठ २०७८, बिहीबार १८:१७  

रौतहट, १३ जेठ । निर्वाचनको मिति तोकिएपछि जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता कार्य स्थगन गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय रौतहटले विहिबार सुचना जारी गर्दै निर्वाचनको तिथिमिति घोषणा भईसकेको हुँदा मतदाता नामवली दर्ता कार्य स्थगन गरिएको हो । निर्वाचन आयोग नेपालले जेठ १० गते प्राप्त पत्र अनुसार २०७८ कात्र्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरण गरेर २ चरणमा निर्वाचन हुने घोषणा गरेको हुँदा मतदाता नामावलीमा नाम दर्ता कार्य निर्वाचन नसकुन्जेल सम्मको लागि स्थगन गरिएका छन् ।
मतदाता नामावली ऐन २०७३ को दफा ४ का अनुसार उपदफा २ मा भएको प्रावधान समेतको आधारमा निर्वाचन आयोग रौतहटबाट भइरहेको नामावली संकलन सम्बन्धि कार्य जेठ ९ गतेबाट अर्काे ब्यवस्था नभए सम्म मतदाता नामावली संकलनको कार्य स्थगन गरेको जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले बताए ।ं
जिल्ला निर्वाचन कार्यालय रौहतटको मातहतमा इलाका प्रशासन कार्यालयहरुमा नेपाली नागरिकता प्राप्त हुनासाथ सोही स्थानमा एक डेक्सको स्थापना गरिएको हुँदा त्यहीबाट मतदाता नामवली दर्ता कार्य भइरहेको थियो । मतदाता नामवली दर्ताको कार्य स्थगन गरेपछि ति सबै कार्यहरु बन्द गरिएको जिल्ला निर्वाचन अधिकारी दासले स्पष्ट पारे ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै