82
Shares
काठमाडौँ, ३० चैत । सौन्दर्य प्रतियोगीता ‘मिस मगर इन्टरनेशनल’ आयोजना हुने भएको छ ।
आयोजक सुनगाभा नेपालले एक कार्यक्रमबीच प्रतियोगिताको आवेदन खुल्ला गरेको हो ।
देशभरबाट मिस मगर इन्टरनेशनलमा भाग लिन वेबसाइट तथा सामाजिक सञ्जाल मार्फत आवेदन दिन सकिनेछ । २०८० बैशाख २३ गते प्रतियोगीहरूको छनौट हुनेछ भने जेठ २० गते फाइनल कार्यक्रम हुनेछ ।
यस प्रतियोगितामा १८ वर्षदेखि २८ वर्ष उमेर समूहका मगर समुदायका युवतीहरूले भाग लिन सक्ने छन् ।
मिस मगर इन्टरनेशनलको विजेतालाई ४ लाख रुपैयाँ नगद र आधा तोला सुन, यसैगरी फस्ट रनर अपलाई ३ लाख रुपैयाँ र १ तोला चाँदी, सेकेन्ड रनर अपलाई २ लाख र चाँदी, थर्ड रनर अपलाई १ लाख रुपैयाँ र १ तोला चाँदी र चौथो हुनेलाई ५० हजार रुपैयाँ र १ तोला चाँदी पुरस्कार स्वरूप प्रदान गरिने आयोजकले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन