no download zoom download zoom for windows msi installer download zoom msi installer zoom audio device download www.zoom download.com install zoom meeting download

चक्रवात यासको असरबाट सावधन रहन जिल्ला प्रशासन कार्यालय रौतहटको अनुरोध

   १३ जेष्ठ २०७८, बिहीबार १८:२३  

रौतहट, १३ जेठ । बंगालको खाडीमा आएको शक्तिशाली यास चक्रवातको असर रौतहट सहित नेपालको अधिकाँश जिल्लामा परेको छ ।
यास चक्रवातको असर जमिनि सतह हुँदै नेपालमा दुई दिन देखि आफनो असर देखाउदै आएको हो । कहि ठूलो त कहि सिमसिमे पानी परिरहेको हुँदा आम मानिसहरु सचेत रहन पटक पटक जल तथा मौसम विभागको मौसम पूर्वानुमान शाखा सहित जिल्ला प्रशासन कार्यालय रौतहटले आम नागरिकहरु संग अनुरोध गरेको छ ।


विहिबार देखि शनिवार सम्म रौतहट जिल्लाभरी अत्याधिक बर्ष हुने सम्भावना रहेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा ब्यबस्थापन प्राधिकरणबाट सुचना प्राप्त भएको जनाउदै सचेत रहन प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले एक सुचना जारी गरि अनुरोध गरेका छन् ।
बंगालको खाडीमा विकासित भएको “यास” नामको चक्रवात न्यून चापीय क्षेत्रमा परिणत भएको जनाइएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीवार विशेष बुलेटिन निकालेर चक्रवात कमजोर भइ न्यून चापीय क्षेत्रको रूपमा परिणत भएको र यसको असर नेपालमा केही दिन पर्ने जनाएको छ । चक्रवातको प्रभावले शनिवार सम्म केही ठाउँमा ठूलो पानी तथा हिमाली क्षेत्रमा हावाहुरी सहित हिमपात हुने सम्भावना रहेकोले सचेत रहन विभागले आग्रह गरेको छ ।
मेघगर्जन, चट्याङ, हावाहुरी र असिना–पानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय रौतहटले अनुरोध गरेको हो । रौतहटका आम नागरिकहरुलाई बाढी र डुवान क्षेत्रमा नजान, नदि र खोलाहरुमा माछा मार्ने कार्य नगर्न, बागमती, लालबकैया नदी तथा अन्य खोला किनारमा नजान, कुनै विपदको घटना भएमा तत्काल आपतकालिन सञ्चालन केन्द्रको फोन नम्बर ०५५५४०४२४ या प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको मोवाइल नम्वर ९८५५०३७७७७ तथा रौतहट प्रहरीको एसपी सिद्धिविक्रम शाहको ९८५५०३५५५५ मा सम्पर्क गरेर जानकारी गराउन समेत जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै