whiteboard app zoom zoom cloud meetings app windows ksu zoom download zoom registration not showing zoom in transition premiere download zoom app for pc 64 bit lunar client zoom mod download

विहिवार रौतहटमा ३७ संक्रमित, २ को मृत्यु

   १३ जेष्ठ २०७८, बिहीबार १८:२४  

रौतहट, १३ जेठ । रौतहट जिल्लामा थप ३७ जना कोरोना संक्रमित विरामीको पुष्टि गरिएको छ ।
गौर अस्पतालमा १८० जनाले पछिल्लो २४ घण्टामा स्वाव परिक्षण गराउदा ३६ जना र १ जनाको एन्टिजेन विधिद्धारा परिक्षण गराउदा कोरोना संक्रमण पुष्टि भएपछि विहिबार रौतहटमा ३७ जनामा कोरोना पुष्टि भएको हो ।
विहिबार थप २ जनाको मृत्यु भएसँगै रौतहटका मृत्यु हुनेको संख्या भने ८८ पुगेको छ । रौतहटको अन्य स्थानिय तहहरु मध्ये चन्द्रपुर नगरपालिकामा कोरोना संक्रमण दर उच्च रहेको पाइएको छ । अहिले चन्द्रपुर नगरपालिकामा १४७ जना संक्रिय संक्रमितहरु रहेका छन । जसमध्ये ११ जना शहिद स्मृति पार्कस्थित आइसोलेसनमा उपचाररत रहनु भएको छ ।
१३६ जना भने होमआइसोलेसनमा रहेका छन । चन्द्रपुरका होमआइसोलेसनमा रहेका संक्रमितहरुले स्थानिय सरकारले बेवास्ता गरेको आरोप लगाउदै आएका छन ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै