७४ बर्षिय पुरुषको कोरोनाबाट विरगंजमा मृत्यु

रौतहट, १५ असोज । कोरोना संक्रमणबाट रौतहटको १ जनाको विरामीको विरगंजमा मृत्यु भएको छ ।
रौतहटको ईशनाथ नगरपालिका ४ बस्ने ७४ वर्षीय पुरुषको विहिबार विहान मृत्यु भएको हो । नेशनल मेडिकल कलेजले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा बिहान ८ः२५ मा मृत्यु भएको मेडिकल कलेजका कोभिड फोकल पर्सन डाक्टर असरफ हुसैनले जानकारी दिए ।
असोज ९ गते कोरोना संक्रमण पुष्टि भएपछि मृतकलाई कोरोना अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । विरामी भएर नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएर उनको आसोज ८ गते पीसीआरका लागि स्वाब नमुना संकलन गरिएको र भोली पल्ट कोरोना पोजेटिभ रिपोर्ट आउदा उनलाई कोभिड अस्पतालमा भर्ना गरेर उपचार गर्दै आएको थियो ।