निषेधाज्ञा उलंघन गर्नेहरु विरुद्ध शुक्रवार देखि कडा कारवाही हुने ः नेपाल प्रहरीको चेतावनी

तराई टप संवाददता
रौतहट, १३ जेठ । कोभिड १९ को संक्रमणलाई रोकथाम र नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय रौतहटले लगाएको निषेधाज्ञालाई थप कडाईका साथ पलना गराउन जिल्ला प्रहरी कार्यालय रौतहटले मातहतका युनिटहरुलाई निर्देशिन दिएको छ ।
कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ जारी भई जिल्ला प्रशासन कार्यालय रौतहटबाट निषेधाज्ञा थप गर्ने र कारवाही हुने सुचना जारी भईसकेको हुँदा निषेधाज्ञा उलंघन गरेको पाइएमा पारित भएको अध्यादेश अनुसार कारवाही हुने बताइएको हो ।
जेठ १४ गते अर्थात भोली शुक्रवार देखि लागु हुने गरी थप भएको निषेधाज्ञाको आदेश कडाईका साथ लागु गरी उलंघन गर्नेलाई तोकिए वमोजिमको जरिवाना गरिने नेपाल प्रहरीको जिल्ला भरी रहेका युनिटहरुलाई सर्कुलर गरिसकेको रौतहट प्रहरीको प्रवक्ता एवं डिएसपी भरत श्रेष्ठद्धारा जारी सुचना उल्लेख गरिएको छ ।
स्वास्थ्य मापदण्ड पालना गरौं ! निषेधाज्ञा उल्लंघन नगरौं !! मास्क लगाऔं र कोभिड –१९ बाट आफु पनि बचौं अरुलाई पनि वचाऔं !!!