वासिंगटन, एजेन्सी । युक्रेन युद्धसम्बन्धी अमेरिकी रक्षा मन्त्रालयबाट गोप्य सुचनाहरु तथा दस्तावजहरु लिक गरेको आरोपमा अमेरिकी नेशनल गार्डका २१ बर्षिय ज्याक टइसेइरालाई पक्राउ गरिएको छ ।
युक्रेन युद्धसम्बन्धी अमेरिकी रक्षा मन्त्रालयका झण्डै एक सय वटा अतिगोप्य एवम् संवेदनशील दस्तावेज इन्टरनेटको माध्यमबाट लिक भएको अभियोगमा अमेरिकी नेश्नल गार्डका सदस्य २१ वर्षीय टेइसेइरालाई पक्राउ गरिएको हो । उनी मासाचुसेट्स एयर नेश्नल गार्डमा कार्यरत थिए ।
चुहाइएका दस्तावेजबाट वासिंगटनदेखि किभ र सोल सम्म अमेरिकाका सहयोगीलाई तर्साएको छ भने वासिंगटनका समर्थकलाई सशंकित तुल्याएको छ । ती दस्तावेजमा अमेरिकाले आफ्ना मित्र र शत्रु सबैको जासुसी गरेको उल्लेख छ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेस रुस अनुकूल बनेको, उनका गतिविधि पनि निगरानी गरिएको, उनका सहयोगी बीच भएका व्यक्तिगत संवाददेखि दिएर युक्रेनमा विदेशी फौज सक्रिय रहेका विषय इन्टरनेटबाट चुहिएका थिए ।
अमेरिकी रक्षा मन्त्रालयले जानाजान गोप्य सूचना चुहाइएको बताउँदै अभियुक्तलाई फौजदारी अभियोग लगाइने बताएको छ । संघीय जाँच ब्युरोका अधिकारीहरूले ज्याक माथि अनुसन्धान थालिएको बताएका छन भने महान्यायाधिवक्ता मेरिक गारल्याण्डले राष्ट्रिय सुरक्षा सम्बन्धी गोप्य एवम् संवेदनशील दस्तावेज चुहाएको आरोपमा मुद्दा दायर गरिने बताएका छन् । अधिकारीहरूका अनुसार उनलाई आजै अदालतमा उपस्थित गराइने सम्भावना छ । एजेन्सी ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन