handyshare zoom download free zoom install download for windows - zoom install download for windows zoom download windows 10 pro zoom download for windows 10 64 bit filehippo zoom info download safe zoom cloud meeting app kya hai how do i download zoom on windows

सर्जिकल पसलको कर्मचारी माथि डिएसपीले अक्रमण गरेको भिडियो भाइरल बनेपछि प्रदेश प्रहरी कार्यालयबाट छानविन समिति गठन

   १३ जेष्ठ २०७८, बिहीबार १९:००  

रौतहट, १३ जेठ । वीरगञ्ज महानगरपालिकाको घण्टाघर स्थित एक सर्जिकल व्यवसायीलाई गरिएको दुव्र्यवहार प्रति प्रदेश नम्वर २ प्रहरी कार्यालय जनकपुरले छानविन समिति गठन गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघर नजिकै आर्मी ब्यारेक पछाडी रहेको एक सर्जिकल पसलका कर्मचारी माथि पर्सा प्रहरीका डीएसपी प्रह्लाद कार्कीले बुधवार दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रदेश २ प्रहरी कार्यालयले छानबिनका लागि समिति गठन गरेको हो ।
प्याथो सर्जिकल हाउसका कर्मचारी अफरोज अहमद माथि डीएसपी कार्कीले बुट र लौरोले कुटपिट गरेको घटनाका सम्बन्धमा छानबिन गर्न प्रदेश २ प्रहरी कार्यालयले समिति गठन गरेको हो । प्रदेश प्रहरीले आज एक विज्ञप्ति जारी गर्दै प्रदेशका एसपी कृष्ण प्रसाईंको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिएको छ । छानबिनका क्रममा प्रहरीको गल्ती पाइए प्रहरी नियमावली बमोजिम कारबाही गरिने प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै