भुटान, एजेन्सी । चीनले भारतलाई चौतफी रुपमा घेराबन्दी गर्न जस्तो सुकै हद पार गर्न कुत्सीत नियतलाई भारतीय सुरक्षाअधिकारीले चाल पाएर भुटानलाई चीन समक्ष डटेर रहन हौसला प्रदान गरेको छ ।
त्रिदेशीय बिन्दु दोक्लाममा भारतको अडानको कारण चीन पछि हट्न बाध्य भएको हो । भुटान माथि चर्को दवाव बनाइरहेको चाल भारतले पाएपछि हरसम्भव सहयोग गर्न भारत रतीभरी पछि नहट्ने हिम्मत भुटानलाई दिएपछि थिम्पु चीन सामु हिम्मतका साथ अभिदा चीन पछि हट्न बाध्य भएको जनाइएको छ ।
दोक्लाम भारत, चीन र भुटानको त्रिदेशीय सीमा हो । जहाँ भारत र चीन आमने सामने भएका थिए । पुरै क्षेत्र कब्जा गर्न आएको चीन पछि हटेको थियो । सडक निर्माणबाट पछि हटेको थियो ।
भारतको नयाँ दिल्ली स्थित विदेश नीति ‘थिङ्क ट्याङ्क’ रेड ल्यान्टर्न एनालिटिकाले आफ्नो अनुसन्धान प्रतिवेदन मार्फत भुटानलाई डोक्लाममा आफ्नो अडान परिवर्तन गर्न चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले चर्को दबाब दिएको खुलासा गरेको हो ।
मैत्री सन्धि लगायत सम्झौता अन्तर्गत आफ्नो परराष्ट्र नीतिमा भारत सँग समन्वय र सहकार्य गर्न राजी भएको भुटानलाई आफ्नो अडान परिवर्तन गर्न सीसीपीले चर्को दबाब दिइरहेको तथा भुटानका प्रधानमन्त्री लाटे छिरिङले विवादमा भारत, चीन र भुटानको समान सरोकार रहेकाले त्रिपक्षीय छलफल हुनुपर्नेमा जोड दिएको प्रतिवेदनमा उल्लेख छ ।
सन् २०१७ मा सीपीसीको नेतृतवमा चिनियाँ सेनाले डोक्लाममा अवस्थित सडकलाई दक्षिण तर्फ विस्तार गर्ने प्रयास गरेपछि भारत र चीनबीच विवाद बढेको हो । प्रतिवेदन अनुसार चीनले पुरै डोक्लाम क्षेत्र माथि आफ्नो दाबी गर्दै आएको छ भने भारतले ऐतिहासिक सम्झौता र सन्धिको पालनामा जोड दिँदै आएको छ ।
ुविवादित क्षेत्रमा पूर्वाधार निर्माणको प्रयास गरेर चीनले भुटान सँगको अनौपचारिक सम्बन्धमा कटुता थप्न चाहेको देखिन्छ तर भुटानले आफ्नो शान्तिवादी अडानमा परिवर्तन नगर्नु भुटानकै निम्ति लाभदायक हुनेछ, यो भू राजनीतिक विषयमा चीनबाट प्रभावित नभई थिम्पुले आफ्नो स्पष्ट अडान राख्नुपर्ने प्रतिवेदनमा भनिएको छ ।
भारतले चिनियाँ दबाब सामु खरो रुपमा उत्रिन र विचलित नहुन भुटानलाई आग्रह समेत गरेको छ । एजेन्सी
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन