श्रोत नखुलेको ५३ लाख ८० हजार सहित २ पक्राउ

   १३ जेष्ठ २०७८, बिहीबार १९:१५  

तराई टप संवाददता
पर्सा, १३ जेठ । श्रोत नखुलेको ५३ लाख ८० हजार रुपैया सहित २ जनालाई पर्सा प्रहरीले विहिवार नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सालाई प्राप्त भएको गोप्य सुचनाको आधारमा वीरगञ्ज महानगरपालिका ११ श्रीपुर का १९ बर्षिय प्रकाश जयसवाललाई चेकजाँचको क्रममा हुण्डिको २४ लाख श्रोत नखुलेको २४ लाख रुपैया बरामद गरिएको हो ।
यसैगरी बाराको प्रसौनी गाउँपालिका ६ घर भई वीरगञ्ज महानगरपालिका ८ पानीट्याँकीमा बस्ने बर्ष २६ को शिव आनन्द गुप्ताको कोठा खानतलासी गर्दा २९ लाख ८० हजार रकम फेला परेको पर्सा प्रहरीको प्रवक्ता एवं डिएसपी ओमप्रकाश खनालले बताए ।
श्रोत नखुलेको अबैध रकम सहित पक्राउ परेका दुवैजना विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन सम्बन्धि कसूरमा आवश्यक अनुसन्धान सुरु गरिएको डिएसपी खनालले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै