83
Shares
काठमाडौं, ३ बैशाख । अनमोल केसी र आना शर्मा स्टार रोमान्टिक ड्रामा ‘जेरी : अन टप’ को छायांकन वैशाख २५ गतेदेखि अष्ट्रेलियाबाट सुरु हुनेछ ।
निर्माता सरोज न्यौपानेले आइतबार छायांकन मिति तय गर्दै आफूहरु त्यसतर्फ प्रस्थान गर्ने तयारीमा रहेको जानकारी दिएको हो ।
निर्माता न्यौपाने, अनमोल, आनासहितको प्राविधिक टोली वैशाख २१ गते अष्ट्रेलिया पुग्नेछ । ३० दिन रहेर सिड्नी र ब्रिसबेनमा फिल्म छायांकन गर्ने योजना छ ।
अष्ट्रेलियाको चरण सकिएपछि टोली नेपाल फर्किएर बाँकी छायांकन गर्नेछ । अष्ट्रेलियादेखि नेपाल सम्मको कथावस्तु समेटिएकाले फिल्मलाई दुवै देशमा छायांकन गर्न लागिएको हो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन