२ मिटरको भौतिक दुरी र १० मिटरको दुरीमा पसल राखेर साँझ ३ देखि ६ बजे सम्म फलफुल तरकारी विक्री गर्न पाउने

676 Shares

तराई टप संवाददाता
रौतहट, १३ जेठ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएसि) को विहिवार बसेको बैठकबाट जिल्लाको १८ वटै स्थानीय तहले अनिवार्य रुपमा उच्च प्राथमिकताका साथ पालना गराउन अनुरोध गरेको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्दको संयोजक एवं प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षमा बसेको बैठकमा भएको निर्णय अनुसार जिल्लाको १८ वटै स्थानीय तहहरुमा लाग्ने फलफुल तरकारी बजारमा चुनाबाट रेखाँकन गरी भौतिक दुरी कायम राख्दै प्रत्येक दिन दिउसो ३ देखि ६ बजे सम्म मात्रै विक्री वितरण गराउने ।
२ मिटरको दुरी मा मान्छे राख्ने गरी चुनाबाट रेखाँकन गरिनुका साथै १० मिटरको दुरीमा पसल हुनुपर्ने तथा हाट बजार पूर्ण रुपमा बन्द रहने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवद्धारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार