106
Shares
काठमाडौँ । नेकपा एमालेकी सांसद विद्या भट्टराईले पोखरा स्थित सेती नदीको जोखिम क्षेत्रमा मानवीय क्षति नहुने गरी तारबार सहितको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेकी छिन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले हिजो पनि सेती नदीको खोजमा परी स्थानीय १२ वर्षीया बालिका स्मृति पराजुलीको ज्यान गएको दुखद घटनाबारे संसदमा जानकारी गराउँदै त्यहाँको जोखिम क्षेत्रमा तारबार सहितको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेकी हुन् ।
सरकारले दिएको सुझाव अनुसार त्यहाँको सुख्खा पहिरो नियन्त्रणको लागि पनि तत्काल योजना बनाएर काम गर्नुपर्ने उनको भनाई थियो ।
सांसद भट्टराईले सरकारको विगतमा पनि आफूहरूले सो नदीको संरक्षणको लागि आवश्यक व्यवस्था मिलाउन गरेको आग्रहलाई बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन