कोभिडबाट गरिव, निमुखा वर्गलाई जोगाउन स्वास्थ्य सामग्री वितरण गर्दा विरोध गरिनु हास्यापद रहेको समाजिक अभियन्ता अन्जु झाको टिप्पणी

   १६ जेष्ठ २०७८, आईतवार १६:०१  

तराई टप संवाददाता
रौतहट, १६ जेठ । कोभिड १९ बाट प्रभावित भएको समुदायलाई बाँच्ने केही न्यूनतम स्वास्थ्य सामग्री वितरण गरेकोमा इशनाथ नगरपालिकाले विराध गर्ने कार्य निकै हास्यादप रहेको समाजिक अभियन्ता अन्जु झाले बताएकी छिन् ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाको कार्यकक्ष गौरमा आईतवार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै समाजिक अभियन्ता झाले कोभिड १९ को दोश्रो लहरबाट ग्रामिण भेगका जनताहरु निकै मर्माहत भएको त्यसमा पनि दलित समुदायका बासिन्दाहरुलाई धेरै असर परेको हुँदा तिनीहरुलाई कोभिडबाट जोगिन मास्क, हैण्ड सेनेटाइजर लगायतका स्वास्थ्य सामग्री व्यत्तिगत रुपमा वितरण गरेको विषयलाई लिएर इशनाथ नगरपालिकाले विरोध गर्ने कार्य हास्यापद एवं जनविरोधी रहेको टिप्पणी गर्नु भयो ।
कोभिडको उच्च जोखिमको समयमा आफना नगर भित्रका गरिव, निमुखा, असहाय जनताहरुलाई स्वास्थ्य सामग्री वितरण गर्नुपर्नेमा नगरपालिकाबाट त्यसो नगरेको तर आफूले व्यक्तिगत रुपमा वितरण गर्दा विरोध गर्दा निकै दुख लागेको बताइन् । इशनाथ नगरपालिकाको वडा नम्वर ३ घर भएकी समाजिक अभियन्ता झाको समाजिक कार्यबाट देखेर नगरपालिका प्रमुख सन्तोष मेहता र निजका भाई मोहन मेहता पटक पटक विरोध गर्दै आइएको आरोप उनको छ ।
झाले माण्डवी नामक गैर सरकारी संस्था चलाइरहदा स्थानीय सरकारको इजाजत लिई दुई बर्ष अघि सकारात्मक कार्यहरु गरेको तर नगरप्रमुख मेहता सहितका व्यक्तिहरुलाई
झा आउदो निर्वाचनमा मेयर पदमा चुनाव लड्ने लागेको डर देखेर माण्डवी संस्थालाई इशनाथ नपामा काम गर्न रोक लगाइदिएको गुनासो उनले गरिन ।


समाजिक अभियन्ता झाको अनुसार इशनाथ नगरपालिकाको लेटरप्याड र नेकपाको लेटरप्याड दुरुपयोग गर्दै मेहता दाजुभाईले जिल्ला प्रशासन कार्यालय, समाज कल्याण परिष्द, दात्रि निकायमा पत्राचार गरेर माण्डवी नगरपालिका संग समन्वय नगरेको मात्रै आरोप लगाउने गरेको छ तर सत्यता त्यसको विपरित रहेको उनले भनिन । सुरुमा सम्झौता गरेर १५० वटा हैण्ड पाइप जडान गराइएको त्यसपछि उनीहरुको पायक पर्ने स्थानमा नहुँदा कार्यक्रम गर्न इजाजत नदिएपछि हामी अर्को नगरपालिकाको सहकार्यमा काम गर्दै छौं उनले भने ।
संस्थाले काम गर्दैन तर म व्यक्तिगत रुपमा गरिव निमुखा, दिनदुखियालाई कोभिडको समयमा वितरण गर्दा समेत विभिन्न स्थानमा उजुरबाजी गर्दै आएको हुँदा बाध्य भएर यो पत्रकार सम्मेलन गर्नुपरेको उनले स्पष्ट पारिन । नगरपालिकाको विकास बजेटहरु बारे खोजविन गर्ने नदिने तथा सुचनाहरु लुकाउने मेयर एउटी महिलालाई संग किन डराएको होला ? भने उनी प्रश्न गर्छिन । मेरो वारेमा पटक पटक संचारमाध्यम वा समाजिक संजालमा नानाथरीका कुराहरु लेख्न लगाएर चरित्र हत्या गर्न खोजेको हुँदा यस पत्रकार सम्मेलन मार्फत मैले गरेको कार्य र नगरपालिकाबाट भईरहेको अवरोध वारे सवैलाई सत्य तथ्य जानकारीको लागि नै आजको पत्रकार सम्मेलन गरिएको स्पष्ट पारिन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै