कपिलबस्तु, ३ जेठ । नेपालमा धर्म परिवर्तन गराउने गिरोह सक्रिय रहेको कपिलबस्तुको घटनाबाट पुष्टि भएको छ ।
जबरजस्ती धर्म परिवर्तन गराईरहेको अवस्थामा कपिलबस्तुमा २ जना क्रिस्चियन महिलालाई स्थानीय बासिन्दाहरुले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको हो ।
कपिलबस्तु नगरपालिका वडा नम्वर ८ दोहनी चोकमा जबरजस्ती हिन्दु धर्मबाट परिवर्तन गराई क्रिस्चियन धर्ममा लगाउने गरिरहेको अवस्थामा स्थानीय बासिन्दाहरुले दुई महिलालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।
कपिलबस्तु प्रहरीका अनुसार रुपनदेही जिल्ला बुटबल उपमहानगरपाकिला वडा नम्वर ४ देवीनगरकी ४१ बर्षिया अकाली काहारर १७ बर्षिय रेश्मी काहारलाई धर्म परिवर्तन गराइरहेको अवस्थामा पक्राउ गरिएको छ ।
वडाध्यक्ष शिव कुमार पाण्डेयले दोहनी चोकमा हिन्दु समुदायलाई विभिन्न प्रलोभन देखाई धर्म परिवर्तन गराए पछि आक्रोसित स्थानीयले ती महिलालाई नियन्त्रणमा लिएका थिए । ती महिलाले क्रिश्चियन धर्मको प्रचार प्रसार गरी धर्मप्रति आस्थावान गराई धर्म परिवर्तन गर्न प्रलोभन देखाउदै गर्दै गरेको अवस्थामा उनीहरु पक्राउ गरिएका छन् । घटनाको अनुसन्धान भइरहेको र उनीहरुमाथी मुद्दा चलाउने तयारी भइरहेको प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतलले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन