काठमाडौं, ३ वैशाख । पूर्वाधार परियोजना निर्माणको बहानामा ९० टन विस्फोटक पदार्थ चिनबाट नेपाल भित्रयाइएको छ ।
नेपाली सेना र भारतबाट उपलब्ध हुँदै आएको पूर्वाधार परियोजनाका लागि प्रयोग हुने बिस्फोटक पदार्थ अहिले उपलब्ध हुन नसकेपछि चीनबाट ल्याइएको हो ।
भारतबाट कच्चा पदार्थ आउन नसक्दा नेपाली सेनाले पनि समयमै बिस्फोटक पदार्थ दिन नसकेको र भारतले पनि दिन नसकेको अवस्थामा व्यापारीहरूले पूर्वाधार परियोजना प्रयोजनार्थ सो सामग्री छन् । लागत रकम निकै बढी भए पनि व्यापारीहरूले काम सञ्चालन गर्न आवश्यक भएकाले ल्याइएको बताएका छन् ।
नेपाल सरकारले पटकपटक भारत सरकारलाई बिस्फोटक पदार्थ दिन अनुरोध गरेको थियो । तर भारतले बेवास्ता गरेपछि सरकारकै अनुमतिमा चीनबाट सो सामग्री ल्याउनु परेको सरकारी अधिकारीहरूले बताएका छन् ।
‘भारतलाई हामीले धेरैपटक अनुरोध गर्यौं । नेपालमा पूर्वाधार परियोजनाहरू ठप्प हुने भएकाले बिस्फोटक पदार्थ दिन सहजीकरण गरिदिन भने पनि भारतले लामो समयसम्म जवाफ नफर्काए पछि चीनबाट ल्याउन अनुमति दिइएको हो,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने ।
प्रधानमन्त्री कार्यालयका अनुसार ऊर्जा मन्त्रालयले भारतीय दूतावासलाई पनि सहजीकरण गरिदिन धेरैपटक आग्रह गरेको थियो । तर भारतले यो विषयमा कुनै पनि प्रकारको प्रतिक्रिया नदिएकाले चीनबाट ल्याउनु परेको थियो । नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले पनि पूर्वाधार र विकास निर्माणका लागि बिस्फोटक पदार्थ नेपाली सेनाले दिन नसक्दा व्यापारीले चीनबाट ल्याउन लागेको बताए ।
सेनाले २०७६ मंसिरदेखि ‘सूनाचरी इमल्सन प्लान्ट’ मार्फत वार्षिक २ हजार ४ सय मेट्रिक टन बिस्फोटक पदार्थ उत्पादन गर्दै आएको थियो । तर यस वर्ष कच्चा पदार्थ अभाव भएकाले क्षमताभन्दा निकै कम मात्रामा बिस्फोटक पदार्थ उत्पादन भएकाले बजारमा पूर्वाधार निर्माण प्रयोजनार्थ दिन नसकेको जनाएको छ ।
बिस्फोटक पदार्थ ल्याउन लागेको स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) ले पनि स्वीकार गरेको छ । ‘चीनबाट ल्याइएको बिस्फोटक पदार्थ अहिले भन्सारमा आइपुगेको छ,’ इपानका सदस्य प्रकाश दुलालले बताए ।
भारतले युक्रेन युद्धका कारण बिस्फोटक पदार्थ विश्व बजारमा अभाव भैरहेको र रक्षा उत्पादन सम्बन्धी आपूर्ति प्रणालीमा नकारात्मक असर परिरहेकाले तत्कालै कच्चा पदार्थ पठाउन नसक्ने अनौपचारिक रूपमा जानकारी दिएको छ । तर अपौचारिक रूपमा भने केही पनि नभनेको सरकारी अधिकारीले जनाएका छन् । दुलालका अनुसार अमोनियम नाइट्रेट, सोडियम नाइट्रेट र कम्पोजिट फ्युलजस्ता बिस्फोटक पदार्थ नेपाल ल्याइएको बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन