६ महिना देखि फरार रहेको कर्तव्य ज्यान मुद्दाको अभियुक्तलाई कारागार चलान

   १७ जेष्ठ २०७८, सोमबार १८:५०  

तराई टप संवाददाता
रौतहट, १७ जेठ । कत्र्तव्य ज्यानको मुद्दामा ६ महिना देखि फरार रहेका अभियुक्तलाई रौतहट जिल्ला अदालतले पुर्पक्षको लागि गौर कारागार चलान गरेको छ ।
रौतहट जिल्लाको गरुडा नगरपालिका ७ स्थायी ठेगाना भएका कत्र्तव्य ज्यान मुद्दामा ६ महिना देखि फरार रहेका अभियुक्त ज्ञानी ठाकुर लोहार माधवनारायण नगरपालिका २ खेसरहियामा आफन्तको घरमा लुकिछिपी बसिरहेको खवर इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको टोलीले निजलाई चार दिन अघि पक्राउ गरेका थिए ।
पक्राउ परेका ठाकुर माथि उनकै ४५ बर्षिय छिमेकी फतिंगा ठाकुर संग जग्गा सम्बन्धि विवादमा कुटपिट गर्दा गत मंसिर १० गते उपचारको क्रममा निधन भएपछि निजलाई प्रहरीले खोजी कार्य गर्दै आएको थियो ।
चार दिन अघि पक्राउ परेका ज्ञानीलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान पश्चात रौतहट जिल्ला अदालत गौरमा पेश गरिएको र साही क्रममा सोमवार ठाकुरलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला इप्रका गरुडाका डिएसपी द्धारिका घिमिरेले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै