गौरमा नक्कली प्रहरी पक्राउ

   १७ जेष्ठ २०७८, सोमबार १८:५२  

तराई टप संवाददाता
रौतहट, १७ जेठ । प्रहरी हु भनेर धाकधम्की देखाउदै समाजमा त्रास फैलाएको आरोपमा एक नक्कली प्रहरीलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको छ ।
आईतवार राति गौर नगरपालिका २ महादेवपटी गाउँमा आफूलाई नेपाल प्रहरीको कर्मचारी भन्दै सर्वसाधारणलाई डर त्रास देखाई अनाधिकृत रुपमा रकम असुल गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको प्रहरी गस्ती टोलीले सोही गाउँको ३० बर्षिय सुशिल पटेललाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक भरत श्रेष्ठले बताए ।
नेपाल भारत सिमा क्षेत्रमा पर्ने महादेवपटी गाउँमा अनाधिकृत रुपमा केही दिन देखि डर त्रास देखाएर रकम असुल गर्दै नेपाल प्रहरीको नाम बदनाम गरिरहेको घटना सार्वजनिक भएको र सोही क्रममा निजलाई पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको जानकारी प्रहरी नायव उपरिक्षक श्रेष्ठले दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै