करेन्ट लागेर महिलाको मृत्यु, अनाधिकृत विद्युत प्रवाह गरेको आरोपमा २ पक्राउ

   १७ जेष्ठ २०७८, सोमबार १८:५४  

तराई टप संवाददाता
रौतहट, १७ जेठ । परोहा नगरपालिकामा मकै बारी तर्फ शौच गर्न गएकी एक २२ बर्षिया महिलाको करेन्ट लागेर आईतवार राति मृत्यु भएको छ भने अनाधिकृत रुपमा विद्युत प्रवाह गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
परोहा नगरपालिका वडा नम्वर ४ को किसान तिलाई यादवले १२ कत्ठा मकै खेतको चारै तिरबाट गोप्य रुपमा बाँस गाडेर विद्युत प्रवाह हुने नाँगो तार अल्भलाई करेन्ट प्रवाह गरेका थिए । गएराति ८ बजेको समयमा राजकरण पासवानको २२ बर्षिय श्रीमती गुडिया देवाी पासवान घर देखि उत्तर तर्फ शौच गर्न जाँदा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो ।
शौच गर्न गएकी गुडिया घर नफर्किदा खोजतलास गर्दै जाँदा नाँगो तारमा अल्झेर लडेको अवस्थामा फेला परेपछि प्रहरीलाई खवर गर्दा करेन्ट प्रवाहबाट मृत्यु भएको पुष्टि हुना साथ करेन्ट लगाउने जग्गा धनी तिलाई राय र रामविनय राय यादव फरार भएको १२ घण्टा भित्र प्रहरीले पक्राउ गर्न सफल भएको रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका यादवद्धायलाई कत्र्तव्य ज्यान मुद्दामा जिल्ला अदालत गौरबाट म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको तथा मृतक महिला गुडियाको शव गौर अस्पतालमा पोष्टमार्टम गरेर अन्तिम संस्कारको लागि परिवारजनको जिम्मा लगाइएको उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै