56
Shares
काठमाडौं, ४ बैशाख । प्रतिनिधिसभामा सदस्यको पूर्तिको लागि वैशाख १० गते हुने उपनिर्वाचनमा नेपाली सेना परिचालन गरिने भएको छ ।
उपनिर्वाचनमा सेना परिचालनको लागि राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिनुभएको हो ।
उपनिर्वाचनमा सेना परिचालनको लागि राष्ट्रपतिले स्वीकृत दिनुभएको शीतल निवासले जनाएको छ ।
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आइतबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
वैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन हुँदैछ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन