रौतहट, ५ बैसाख । रौतहट जिल्लामा बाल विवाहको अवस्था भयावह रहेको एक प्रतिवेदनले देखाएको छ ।
“वाल विवाह मुक्त दुर्गा भगवती गाउपालिका” भने मुलनाराका साथ एक बर्ष आठ महिना समय लगाएर गरिएको अध्ययनमा मधेसमा ईज्जत जाने डरले पनि बाल विवाह हुने गरेको उक्त प्रतिवेदनले देखाएको हो ।
दुर्गा भगवती गाउँ पालिकामा संचालित गैर सरकारी संघ संस्थाको समन्वय बैठक तथा वालविवाहको तथ्यांक प्रकाशन सार्वजनिक गर्न आयोजित वैठक गाउँपालिका बसेको थियो ।
सो बैठकमा गाउपालिकाको तर्फबाट उर्वशी साहले तथ्यांक सार्वजनिक गर्दै उमेर नपुगि गरिने विवाहमा सामाजिक परिवर्तन मार्फत मोडेलको रुमामा व्यवहार परिवर्तन गर्ने उदेश्यका साथ काम भई रहेको बताइन । उमेर पुगेपछि विवाह गर्ने अभिभावकलाई सम्मान गर्ने, वालवालिका विच अन्तरक्रिया गर्ने, सेवा निवृत कर्मचारीको समूह वनाउने, ११ र १२ कक्षाको शिक्षा निशुल्क, बाल विवाह आफै रोकने बालक तथा वालिकालाई सम्मान गर्ने जस्ता प्रभावकारी कार्य भई रहेको साहले बताइन ।
मुख्य कमजोरीको रुपमा वालविवाहको सवालमा कार्यरत गैरसरकारी संघसंस्थाको बिचमा एकजुट नरहेको, अभिभावकहरु छोरीको पढाइमा खासै चासो नलिएको कारण बालविवाह भयाभय रुप लिएको अध्ययनमा देखिएका छन् । दुर्गा भगवती गाउँ पालिकाको १ देखि ५ वडा सम्मका ३ हजार ९ सय ५२ घरधुरीमा गरिएको अध्ययन कुल जनसंख्या २४ हजार २ सय ५१ व्यक्तिलाई समेल गरेर अध्ययन गरिएको बताइएको छ ।
दुर्गा भगवति गाउपालिका सो अवधि भित्र भएको कुल विवाहमा ४३ प्रतिशतमा बाल विवाह भएको प्रतिबेदनमा उल्लेख छ । अभियान संचालनबाट क्रमशः सुधार भई रहेको गाउँपालिका अध्यक्ष शम्भु सिंहले बताए ।
गाउँपालिकामा वालविवाह विरुद्ध प्रभावकारी कार्यक्रम तर्जुमा, छोरीलाई शिक्षा दिएर आत्म सम्मान बढाई समुदायलाई कसरी परिचालन गर्न सकिन्छ भन्ने बारेमा सरोकारबालाले चुनौतीका रुपमा लिएर सुधारको पक्षमा कामहरु धमाधम भईरहेको उनले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन