काठमाडौं, ५ वैशाख । एशिया क्रिकेट काउन्सील (एसीसी) प्रिमियर कप क्रिकेटमा नेपाली क्रिकेट टिमले मलेशियालाई ६ विकेटबाट पराजित गर्दै विजयी सुरुआत गरेको छ ।
काठमाडौंको त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा मंगलवार भएको उद्घाटन खेलमा आयोजक देश नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै आफनो दबदबालाई कायमै राखेको हो ।
पाहुना टोली मलेशियाले टस जितेर पहिलो ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाउदै २३५ रनको योगफल तयार पारे । २३६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएका घरेलु टोली नेपालले ३६.२ ओभरमा ४ विकेट गुमाउदै विजयी लक्ष्य पुरा गरेर आफनो दबदबालाई कायमै राखेका छन् ।
नेपालको जितमा भीम सार्कीको महत्वपूर्ण योग्यदान रहे उनले ले ७१ रन बनाए । कुशल मल्ल ७० रनमा नट आउट रहे । क्याप्टेन रोहित पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रन बनाए । आसिफ सेख १ रनमा आउट भए ।
नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३–३ विकेट लिए । सोमपालले ९ ओभरमा ४० रन खर्चिए भने सन्दीपले १० ओभरमा १ मेडन राख्दे ४८ रन खर्चिएर समान विकेट लिन सफल भएका थिए ।
ललित राजवंशीले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । गुलशन झाले १ विकेट लिएका थिए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन