काठमाडौं, ५ वैशाख । मिटर ब्याजी पिडितहरु माथि काठमाडौंमा भएको बल प्रयोग सम्बन्धमा नेपाल सरकारले छानविन समिति गठन गरेको छ ।
मिटर ब्याजी पिडितहरु माथि काठमाडौंको शान्तिबाटिकामा भएको प्रहरी दमनको चारै तर्फबाट भत्र्सना सुरु भएपछि सरकारले छानविन समिति गठन गरेको हो ।
नेपाल सरकारका उप प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समितिको गठन भएको बताए ।
सोमबार शान्ति बाटिकामा मिटर ब्याज पीडित र प्रहरीबीच झडप भएको थियो । आज गृह मन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले घटनाप्रति दुःख व्यक्त गरे ।
घटनामा प्रहरी टोलीको नेतृत्व गरेका डीएसपी गम्भीर घाइते भएको र घाइते मिटर ब्याज पीडितहरुलाई पनि आफूले भेटेको उनले बताए । उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले भने, ‘यो दुघद घटना हो, अब आइन्दा यस्तो घटना नहोस्, प्रहरी प्रशासनले संयमता अपनाओस् भनेका छौं ।’
मिटर ब्याज पीडितहरुलाई न्याय दिन सरकार प्रतिवद्ध रहेको उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन