खेताल राख्ने मेयर अझै प्रहरी नियन्त्रण बाहिर ?

81 Shares

रौतहट, ५ वैशाख । माध्यमिक शिक्षा परिक्षा (एसइइ) मा आफनै ज्वाइलाई खेताला राखेर परिक्षा दिन लगाउने मेयर विरुद्ध पक्राउ पुर्जी जारी भएको १२ दिन वितिसक्दा पनि प्रहरीले समात्न सकेको छैनन् ।
मौलापुर नगरपालिकाको श्री लक्ष्मिनियाँ माध्यमिक विद्यालय परिक्षा केन्द्रमा देवाही गोनाहीका मेयर प्रेमलाल साह कानुले नियमित तर्फ सिम्बोल नं. ३५०३७२८ बाट आफनै ज्वाई कमल साहलाई खेतालाको रुपमा राखेर परिक्षा दिलाउदै गरेको अवस्थामा जिल्ला प्रशासन कार्यालय रौतहटबाट परिक्षा अनुगमनमा खटिएका प्रशासकीय अधिकृत मणीभूषण साहले चैत १९ गते नियन्त्रणमा लिएपछि मेयरले खेताला राखेको पोल खुलेका थिए ।
पक्राउ परेका साह रेडियो नेपालको बर्दिवास शाखामा पाचौ तहमा कार्यरत स्थायी कर्मचारी हुन ।
“अनुसन्धानका क्रममा प्रेमलाल साह कानुको नाम आएको र उहाँ निर्वाचित जनप्रतिनिधि रहेको हुँदा छानबिन गर्नु परेकोमा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको थियो ।” चैत २४ गते जिल्ला अदालत रौतहटबाट पक्राउ पुर्जी जारी भएपनि हाल सम्म प्रहरी नियन्त्रण बाहिर रहेका मेयर कानुलाई जोगाउन सत्तारुद्ध राजनीतिक लागिपरेको आरोप लागिरहेका छन् ।
शिक्षा ऐन २०२८ को दफा १७ “क” अनुसार लक्ष्मीनिया माविमा मेयरले नक्कली परिक्षार्थीबाट जाँच दिन लगाएको सम्बन्धमा दुवैलाई ६ महिना कैद वा १ लाख जरिवाना, वा दुवै सजाय हुन सक्ने कानूनी प्रावधान रहेको छ । नक्कली परिक्षार्थी पक्राउ परेपछि सो परिक्षाकेन्द्रका केन्द्राध्यक्ष तेजनारायण साहको मिलोमतोमा उक्त कार्य भएको र उनी संग पनि सम्पर्क खोज्दा सम्पर्क विहिन बनेका छन । अनुसन्धानका लागि प्रहरीले खोजेको सूचना पाएपछि उनी फरार भएको बताइएका छन् ।
पक्राउ पुजी जारी भएको आज १२ औं दिन वितिसक्दा पनि मेयर कानु समक्ष प्रहरी पुग्न सकेको छैनन् । मेयर कानु सीमापारी भारतमा लुकेर बसेका छन् । श्रोतका अनुसार जिल्ला अदालतमा सेटिंग भईरहेको छ यदी कुरा मिल्यो भने मेयर कानु उपस्थित भई सोही दिन धरौटीमा रिहा हुने चाजोपाँजो मिलाउने खेल भईरहेको छ ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विरबहादुर बुढा मगरले प्रहरीले आरोपित व्यक्तिको खोजी कार्य गरिरहेको छ तर अहिले सम्म नियन्त्रण बाहिर रहेको स्वीकार गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।