55
Shares
हेटौंडा, ६ बैशाख । बाघको आक्रमणबाट मकवानपुरमा २ जना घाइते भएको छ ।
हेटौंडा महानगरपालिका वडा नं. १५ रातोमाटे सयफुटमा बाघले आक्रमण गदाँ २ जना घाइते भएको हो ।
बुधबार सयफुट स्थित चुरियामाई सामुदायिक वनमा बाख्रा चराउने क्रममा उनिहरुलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घरबाट करिव २ सय मिटर जंगलमा बाख्रा चराउन गएका हेटौंडा वडा नं. १५ बस्ने १७ वर्षका सुमन घलान र सोही ठाउँ बस्ने ६५ वर्षका कृष्ण र्थिङलाई बाघले आक्रमण गरेका छन् ।
बाघको टोकाइबाट थिङको घाँटीमा गहिरो घाउ लागेको छ । घाइते दुबै जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन