89
Shares
काठमाडौँ, ६ बैशाख । राजु गिरीको निर्देशन रहेको फिल्म ‘नम्बरी सुन’ युनिट बुधबार कालिन्चोक पुगेको छ ।
फिल्ममा रहने ‘तिमी वर म पिपल’ बोलको गीत छायाङ्कनका लागि निर्माण युनिट कलाकार सहित कालिन्चोक पुगेको हो ।
कालिन्चोकमा गीतको सुटिङ आज बिहानैदेखि सुरु भएको छ । गीतमा अभिनेत्री नम्रता सापकोटा र अभिनेता गौरव पहारीको अभिनय छ ।
निर्माण युनिटले सुटिङ स्थलबाट सार्वजनिक गरेको तस्बिरमा पनि नम्रता र गौरव रोमान्टिक मुडमा देखिएका छन् । अर्जुन पोखरेलको सङ्गीत रहेको गीतमा रामजी लामिछानेले कोरियोग्राफी गरिरहेका छन् ।
भाद्र १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन