76
Shares
काठमाडौं, ६ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित भएका बिरामीहरुलाई अनिवार्य रुपमा ७ दिन आइसोलेशनमा बस्नुपर्ने आग्रह गरेको छ ।
संक्रमणका कारण ज्वरो र सासफेर्न कठिनाई भएको अवस्थामा सात दिनसम्म अनिवार्य रुपमा आइसोलेशनमा बस्न मन्त्रालयका सह–प्रवक्ता डा.समीर कुमार अधिकारीले आग्रह गरेको हो ।
आइसोलेसनमा ५ दिन वा त्यो भन्दा बढी बसिसकेको र कुनै पनि लक्षण बाँकी नरहेको, २४ घण्टा भित्र ज्वरोको औषधि नखाइ ज्वरो कम भएको भए भने आइसोलेसनमा बस्नु पर्दैन ।
मन्त्रालयले आइसोलेशनमा रहेका बिरामीहरुलाई छुटा छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने तथा नाक, मुख र चिउडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्ने तथा बेला बेलामा साबुन पानीले हात धुन आग्रह गरेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन