66
Shares
दाङ, ६ बैशाख । दाङको देउखुरीमा बी एण्ड बी होटलका संचालक नुमाराज भुषाल मानव बेचबिखन तथा ओसारपसार कसुरमा पक्राउ परेको छ ।
पिडित उजुरीको आधारमा पक्राउ परेका भुषाललाई जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको हो ।
४४ वर्षीय भुषालले कामको खोजीमा आएका २ महिलालाई विभिन्न किसिमका प्रलोभन देखाई परपुरुष सँग शारीरिक सम्बन्ध राख्न लगाएको र इन्कार गर्दा डरत्रास देखाउँदै गलत काम गर्न बाध्य पारेको उजुरीमा प्रहरीले पक्राउ गरेका छन् ।
गत मंसिर महिनाको अन्तिमदेखि चैत २७ गतेसम्म पटक–पटक होटलमा बोलाएर शारीरिक सम्बन्ध राख्न बाध्य बनाएको आरोप लागेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन