माइक्रोसफ्टलाई मुद्दा हाल्ने धम्की दिए–एलन मास्कले

   ७ बैशाख २०८०, बिहीबार १४:२५  

एजेन्सी । अनुमती विना ट्विटर डाटा प्रयोग गरेको आरोपमा माइक्रोसफ्टलाई चेतावनी दिदै एलन मास्कले मुद्दा हाल्ने धम्की दिएको छ ।
ट्विटरका संचालक मास्कले अनुमति बिना ट्विटर डाटा प्रयोग गरेकोमा माइक्रोसफ्टलाई मुद्दा हाल्ने धम्की दिएको हो ।
मास्कले माइक्रोसफ्टलाई अनुमति बिना ट्विटरको डाटा प्रयोग गरेको आरोप लगाएपछि उनले माइक्रोसफ्टलाई मुद्दा हाल्ने धम्की दिएका छन् । मास्कले माइक्रोसफ्टको कर्पोरेट विज्ञापन प्लेटफर्मबाट ट्विटर हटाउने योजनालाई प्रतिक्रिया दिँदै थिए । माइक्रोसफ्टले आफ्नो विज्ञापन प्लेटफर्मले मंगलबार, अप्रिल २५ देखि “ट्विटरलाई समर्थन नगर्ने“ भने पछि मास्कले यस्तो धम्की दिएको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै