zoom info scraper download download fractal zooms facetime zoom app which zoom app do i download zoom pc download app download zoom software for pc

दुई घरमा आगलागी ९ लाखको क्षति

   १५ आश्विन २०७७, बिहीबार १७:४१  

रौतहट, १५ असोज । रौतहटको दुर्गा भगवती गाउँपालिकाको वडहर्वामा विजुली सर्ट भएर आगलागी हुँदा करिव ९ लाख मूल्य बराबरको धनमा जलेर नष्ट भएको छ ।
दुर्गा भगवती गाउँपालिकाको वडा नम्वर ५ बडहर्वाको वागमती बाँधको पश्चिमी छेउमा रहेको सुखाडी मिश्रको घरमा बुधवार राति ११.४५ बजेको समयमा विजुली सर्ट भएर आगलागी हुँदा छिमेकी राधा सहनीको घर जलेर पूर्ण नष्ट भएको हो ।

स्थानीय किशोर सिंहको अनुसार उक्त आगलागीबाट ८ वटा बाख्रा खशी, एक भैसी, घरमा भएका कपडालत्ता, खाद्यान्न सामग्री सहित फुसको छाना भएको घर जलेर नष्ट भएको छ । अचानक आगलागी हुँदा विद्युत कार्यालयमा फोन गरेर विद्युत आपूर्ती बन्द गराई आगो माथि नियन्त्रण गर्दा दुई जनाको घर पूर्ण रुपमा जलेर खरानी भएको उनले भने ।
स्थानीय बासिन्दा तथा बडहर्वा प्रहरी चौकीको सहयोगमा आगोलाई नियन्त्रण गरिएको छ । प्रहरीका अनुसार आगलागीबाट भएको क्षतिको विवरण संकलन हुने कार्य भईरहेको र आगो निभाउने कार्यमा संलग्न एक जना व्यक्ति घाईते भएको समेत प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै