सर्लाही, ७ वैशाख । सर्लाही प्रहरीले सदरमुकाम मलंगवा स्थित एक घरमा खानतलासी गर्दा अबैध हातहतियार बरामद गरेको छ ।
विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मलंगवाबाट खटि गएको प्रहरी टोलीले मलंगवा नगरपालिका वडा नम्वर १ भेडियाही टोलका ६५ बर्षिय अबधराय यादवको घरमा रितपुर्वक खानतलासी गर्दा ड्रममा लुकाएर राखिएको अवस्थामा बिना म्याग्जीनको अटोमेटिक पेस्तोल एक थान, ठूलो खुकुरी एक थान, सानो खुकुरी एक थान, चाकु एक थान र आगनमा पाकिंग गरिएका विना नम्वर प्लेटको १५० सीसीको पल्सर मोटरसाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
प्रहरीको प्रारम्भीक अनुसन्धानको क्रममा अबधका दुई छोरा इन्द्रजित राय र रञ्जित राय नेपाल भारत सीमा क्षेत्रमा अबैध काम गर्ने गरेको बुझिएको बताउदै सर्लाही प्रहरी एसपी नरेशराज सुवेदीले उनीहरुको खाजी कार्य जारी रहेको बताए । बरामद गरिएको अबैध हातहतियार एवं मोटरसाइकल सम्बन्धमा आवश्य अनुसन्धान भईरहेको जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन