सर्लाही, ७ वैशाख । सर्लाही स्थित पूर्वपश्चिम राजमार्गमा विहिवार विहान मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आज विहान ७.२० बजेको समयमा लालबन्दी नगरपालिका वडा नम्वर ६ फुटबल ग्राउण्ड नजिकै सडकमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको प्रदेश २–०३–००१ ख ८१५ नं. को किलिङकर लोड गरेको ट्रकले सोही दिशाबाट जाँदै गरेको ना ३३ प ७५१३ नं. को मोटरसाइकल लाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
मोटरसाइकल चालक महोत्तरी जिल्ला गौशाला नपा ११ भरतपुर गाउँका २९ बर्षिय श्रवणकुमार महतो र पछाडी बसेका १२ बर्षिय विक्रमकुमार महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी नरेशराज सुवेदले बताए ।
मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा सबार दुवैजनाको घटनास्थलमा नै मृत्यु भएपछि इप्रका लालबन्दीबाट तत्कालै प्रहरी खटेर ट्रक सहित सुनसरी नपा १० इटहरीका ३४ बर्षिय जितेन्द्र चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको जानकारी दिदै एसपी सुवेदीले मृतक दुवै जनाको शव प्रादेशिक अस्पताल मलंगवाको शवगृहमा राखिएको उनले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन