उपनिर्वाचनको उत्साह उम्मेदवार र पार्टीलाई मात्रै, आम नागरिकहरुमा उत्साह देखिएन

74 Shares

बारा, ७ वैशाख । यही वैशाख १० गते आईतवारका दिन हुन गईरहेको उपनिर्वाचनमा बारा क्षेत्र नम्वर २ को सडक, गल्लि र चोकहरू चुनाव चिह्न अंकित पोस्टर र झण्डाले भरीभराउ छन् ।
उम्मेदवारको प्रचारमा गुडेका गाडीहरू सडकमा पुगेका जति सबै ठाउँमा पुगिरहेका छन् । यसअघि यहाँ कहिल्यै नदेखिएका मान्छेहरू पनि ४२ डिग्रीको गर्मीको तातो हावा सहेर मत माग्दै हिडेका हुन् ।
कलैया सहित उपनिर्वाचन हुने क्षेत्र वरपरका थोरै टाठाबाठाले आफ्नो खबर चुनावसँगै जोड्ने गर्छन् । उनीहरूको साझा खबर छ, ‘चुनाव बा !’ तर भारत सँग सीमा जोडिएको सुवर्ण गाउँपालिका–७ फूलबरियाका सुकरात अन्सारीलाई अहिले सम्म चुनावले छोएको छैनन् ।
पटक पटक नेताहरु आउँछन् राम्रो राम्रो विकास गरिदिन्छु, रोजगारीको समुचित व्यवस्थापन गराउछौं तर ति कुरा सबै चुनावको वेला सम्म मात्रै हुन्छ, जितिसकेपछि फकेर आउदैनन् चुनावको वेलामा मात्रै देखापर्नेहरुलाई के को मत दिने उनले उल्टै प्रश्न गरे । दशगजा नजिकै बाँसको टहरामा भेटिएका अन्सारीलाई चुनाव प्रति उति चासो पनि देखिएन । बरु चुनावको प्रसंगमा अन्सारीले पाँच महिना अगाडि (गत ४ मंसिरमा) मत दिंदा नेताहरूले गरेको वचन सम्झिए ।
‘हामीसँग नागरिकता छ, बालबच्चासँग छैन । त्यो दिलाइ दिन्छौं भनेर मत मागेको हो नि’, अन्सारीले भने । उनीसँगै बसिरहेका सुवरत मियाँ, असरमा खातुन, शिलादेवीहरूले पनि अन्सारीकै भनाइमा साथ दिए । ‘भोट ले के गइल, फिर घुमके न आइल’, सुवरतले गुनासो गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।