काठमाडौं, ८ वैशाख । नेपाली युवा अलराउण्डर खेलाडी कुलश मल्ल र सोमपाल कामीको उत्कृष्ट ब्याटिंगको कारण नेपालले उम्मानलाई जित्न ३११ रनको लक्ष्य दिएको छ ।
घरेलु मैदान त्रिभुवन विश्वविद्यालय किर्तीपुरको खेल मैदानमा पाहुना टोली टस जितेर नेपाललाई ब्याटिंग गर्न आमन्त्रण गरेका थिए । उक्त निर्णय पाहुना टोलीलाई सुरुमा निकै राम्रो भएको थियो तर अलराउण्डर कुशल मल्ल र बलर सोमपाल कामीको उत्कृष्ट ब्याटिंगको कारण ओमान विरुद्ध आक्रमक ब्याटिंग गर्दै ३१० रनको एतिहासिक रन नेपालले बनाउन सफल भएका हुन् ।
कुशलको १०८ र सोमपालको रन मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाए । यसअघि गत मार्चमा लिग टुमा पपुवा न्युगिनी विरुद्ध नेपालले २९७ रन बनाएको थियो ।
१९ वर्षीय कुशलले नेपालका लागि सबैभन्दा छिटो ओडिआई शतक प्रहार गर्ने कीर्तिमान आफनो नाममा दर्ज गराए । उनले ५९ बलमा ९ चौका र ९ छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए । कुशल ओडिआईमा नेपालका लागि शतक प्रहार गर्ने छैटौं खेलाडी समेत बने । यसअघि नेपालका लागि पूर्व कप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल, कुशल भुर्तेल र आसिफ शेखले शतक प्रहार गरिसकेका छन् ।
यस्तै ओडिआईमा दोस्रो अर्धशतक प्रहार गर्ने क्रममा सोमपालले अविजित ६३ रन बनाए ।
खराब सुरुवातपछि कुशलको शतक
घरेलु मैदानमा नेपालले ब्याटिङमा खराब सुरुवात गरेको थियो । पहिलो चार ओभरमा कुनै रन जोड्न नसकेको नेपालले २८ औ बलमा रनको खाता खोलेको थियो । ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल शुन्यमा आउट हुँदा नेपालले रन जोडेकै थिएन । कुशल भुर्तेल तेस्रो ओभरमा बिलाल खानले एलबीडब्लु धरापमा परे । आसिफलाई कलिमुल्लाहको चौथो ओभरमा बोल्ड गरे ।
त्यसपछि भिम सार्की र कप्तान रोहित पौडेलले अर्धशतकीय साझेदारी गर्दै नेपालको इनिङ्स सम्हालेका थिए । तेस्रो विकेटका लागि भिम र रोहितले ५४ रनको साझेदारी गरे ।
रोहित ३४ बलमा २३ रन बनाएर १८ औं ओभरमा आउट भए । त्यसपछि भिम पनि २० औं ओभरमा आउट भए । भिमले ५६ बलमा ३३ रन योगदान गरे ।
भिम र रोहित आउट भएपछि आरिफ शेख र कुशल मल्लले नेपालको इनिङ्स अघि बढाए । आरिफ र शकुशल मल्ले पाँचौ विकेटका लागि ७५ रनको साझेदारी गरे । आरिफले ४३ बलमा २९ रन बनाए ।
कुशलले मल्लले ६४ बल खेल्दै ९ चौका र १० छक्का मद्दतमा १०८ रन बनाए । ७२ रनमा ४ विकेट गुमाएको नेपालको इनिङ्सलाई कुशलले आक्रमक ब्याटिङ गर्दै माथि उकासेका थिए ।
दीपेन्द्र सिंह ऐरी ७ र सन्दीप लामिछाने ८ रनमा आउट भए ।
सोमपाल र करण केसीले नवौँ विकेटका लागि अविजित ६१ रनको साझेदारी गरे । सोमपालले ४८ बल खेल्दै ९ चौका मदतमा अविजित ६३ रन बनाए । करणले १५ बलमा २ चौका र १ छक्का मदतमा अविजित २९ रन बनाए ।
ओमानका लागि आएन खानले २ तथा बिलाल खान, कलिमुल्लाह, जिसान मक्सुद फयाज बट, अकिब इल्यास र जतिन्दर सिंह्यले समान १ विकेट लिए । ओमाललाई ५० ओभरमा ३११ रनको लक्ष्य पुरा गर्नुपर्ने छ तर त्यो पहाड जस्तो स्कोरलाई पुरा गर्न निकै दवाव एवं चुनौती हुने खेल विश्लेशकहरु बताउँछन् ।
नेपालले आफ्नो ५०औं ओडिआई क्रिकेट खेलिरहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन