कञ्चनपुर, ८ बैशाख । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाले पालेका घरपालुवा जनावरमा रेबिजको सङक्रमण बढेको छ ।
आहाराको खोजीमा बस्ती छिर्ने स्यालल गायतका जनवारले रेबिजको सङ्क्रमण सार्न थालेको हो ।
स्यालले घरपालुवा कुकुरलाई टोक्ने र स्यालले टोकेको कुकुर बहुलाएर स्थानीय बासिन्दा सँगै घरपालुवा जनावरलाई टोक्दा रेबिज सर्ने गरेको जनाए ।
दैनिक कुकुरको टोकाइबाट रेबिज विरुद्धको खोप लगाउन अस्पताल जाने स्थानीय बासिन्दाको सङ्ख्या बढ्दै गएको छ । महाकाली अस्पतालका स्वास्थ्यकर्मीका अनुसार दैनिक रेबिज विरुद्धको खोप लगाउने बिरामीको सङ्ख्या ३ देखि ५ जनासम्म हुने गरेको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ३, १२, १३, पुर्नवास नगरपालिका वडा नं १, लालझाडी गाउँपालिकाको वडा नं ३, कृष्णपुर नरपालिकाको वडा नं १, शुक्लाफाँटा नगरपालिकाको वडा नं १० मा हालसम्म परीक्षण गरिएका नमूनामा रेबिजका जिवाणु फेला परेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन