पानी तान्ने ८ थान मोटर सहित पासवान पक्राउ

तराई टप संवाददाता
रौतहट, १९ जेठ । रौतहट सदरमुकाम गौरबाट पानी तान्ने आठ थान मोटर सहित एक जनालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ ।
गौर नगरपालिकाको वडा नम्बर १ स्थित दिनेश प्रसाद यादवले पाकिंग गरेको ना२च ४३७३ नम्बरको पिकअप भानमा जेटिएल वास मोटर पम्प लेखिएको ८ थान पानी तान्ने मोटर गाडीको सिसा फुटाइ चोरी गरिएका थिए ।
जिल्ला प्रहरी कार्यालय गौरबाट चोरी गर्ने समुहको खोजतलास गर्ने क्रममा चोरी भएका ७ थान पानी तान्ने मोटर गत १६ गते गौर नगरपालिका वडा नं. १ स्थित विष्णु मानन्धरको खेतमा पेला परेको थियो । ७ थान मोटरमध्ये १ थान मोटर मंगलबार बिहान सोही वडा बस्ने बर्ष २६ का दिपेन्द्र पासवानले साईकलमा राखी लैजादै गर्दा प्रहरीले वडहर्वा पुलमा नियन्त्रणमा लिएको जनाइएको छ ।
पासवानलाई सोधपुछ गर्दा ७ थान मोटर निजले नै चोरी गरी विष्णु मानन्धरको खेतमा लुकाएको र १ थान मोटर बिक्री गर्न भारत तर्फ लैजादै गरेको कुरा प्रहरी समक्ष स्वीकार गरेको डिएसपी भरत श्रेष्ठले जानकारी दिए । पासवानलाई जिल्ला अदालत रौतहटबाट ८ दिनको म्याद थप लिई आवश्यक अनुसन्धान भईरहेको बताए ।