यितेन्द्र शर्मा
जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवको सत्ता केन्द्रीत राजनीतिको कारण उनका पार्टी प्रतिको सिद्धान्त माथि मधेशी जनताहरुको विश्वास गुमिदै गएको पछिल्ला ५ बर्षको राजनीतिक गतिविधिले दर्शाउछ ।
यादवलाई नेपालको राजनीतिमा अवसरवादी नेताको रुपमा चिनिदै आएको हो । उनी माथि नेपालको राजनीतिमा सर्वाधिक अस्थि, सत्तालोलुप्त सिद्धान्त, अवसरवादी पहिचान भएको नेताको रुपमा चित्रण गर्ने गरिएको छ । तर यस्तै रबैया रह्यो भने उपेन्द्र यादवका कारण सिंगो जसपाको अस्तित्व नै संकटमा परेको कतिपय राजनीतिक विश्लेशकहरु बताउँछन् ।
मधेशवादको आवरणमा एकल जाती (यादव) बादको नारालाई अघि सारेका उनले, मधेशवादलाई जातिवादमा परिणत गरिदिएका छन् । आफनो जातिको वारेमा मात्रै सोच–विचार गर्ने उनले कहिल्यै मधेशको मुद्दालाई प्राथमिकतामा राखेनन् । केवल सत्तामा पुग्ने पुलको रुपमा पार्टीलाई विकसित गरी बढी आर्थिक लाभ हुन सक्ने मन्त्रालय हात पार्ने दाउमा मात्रै उनले मधेशको मुद्दालाई ठगी खाने भाडो बनाएको विश्लेशकहरु बताउँछन् ।
सुरुमा मोरङ, त्यसपछि सुनसरी, वि.सं.२०७४ र २०७९ को आम निर्वाचनमा सप्तरी र हाल वि.सं.२०८० मा भईरहेको उपनिर्वाचनमा बारावाट चुनाव लडदैछन् । उनी मधेशी जनतालाई केवल मतदातालाई सस्तो नारामा झुक्याएर मत लिने मात्रै ठान्दछन् ।
चुनाव जित्नका लागि संसदीय क्षेत्र परिवर्तन गर्नमा महारथ हासिल गरेका उपेन्द्रले रेकर्ड नै बनाएका छन् । बाराका जनताले संभवतः स्थानीय उम्मेदवारलाई नै मन पराउनेछन् । पर्यटक (टुरिस्ट) उम्मेदवारलाई बारा २ का जनताले आज सम्म चुनावमा विजयी गराएको उदाहरण नै छैन । ६ महिना अघि भएको आम निर्वाचनमा नेकपा एमाले सित गठबन्धन गरेको यस पार्टीले केवल उपचुनाव जित्नका लागि मात्रै सत्तारुढ ५ दलीय गठबन्धनको अंग बनेको छ ।
निर्वाचन सकेपछि पाँच दलिय गठबन्धनलाई उपेन्द्र निकै घाडो बन्ने देखिन्छ । यतिमात्रै नभई उपेन्द्रलाई बारा २ बाट जिताउन चिनियाँ लविंग पनि तिव्र बनेको छ । विशेष रुपमा उत्तरी देश चिनियाँ नजिक मानिने उपेन्द्रको लागि अहिले चीन करोडौं रकम दिएर आफना प्रतिनिधि एवं एजेन्ट नै बारामा खटाएको प्रमाणहरु फेला परेका छन् ।
वैशाख १० गते हुने निर्वाचनमा बाराको न्यायप्रेमी जनताहरुले स्थानीयलाई साथ दिन्छ कि टुरिष्ट उम्मेदवारलाई आउने समयले नै देखाउने छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन