जनकपुरधाम, ८ बैशाख । मागे जति दाइजो नदिएको भन्दै धनुषामा श्रीमानद्वारा श्रीमतीलाई आगो लगाएर हत्या गर्ने प्रयास गरेकोे छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० देवपुरा रुपैठाकी २८ वर्षीया श्वेता झाको शरीरमा उनका श्रीमान् राजीव झा सहित उनको परिवारका अन्य सदस्य मिलेर आगो लगाएर हत्या गर्ने प्रयास गरेको हो ।
पिडिता महिलाको प्रादेशिक अस्पताल जनकपुरधामको ‘बर्न वार्ड’ मा उपचार भइरहेको छ । महिला श्वेताको पेटदेखि तल्लो भागसम्म ३५ प्रतिशत जलेको चिकित्सकले बताए ।
श्वेताको माइती भारतमा छ । उनको १८ वर्षकै उमेरमा राजीव सँग २०६९ वैशाख ४ गते मागि विवाह भएको थियो । त्यसको १० वर्षसम्म श्रीमान र परिवारबाट निरन्तर रुपमा यातना र हिंसा भोग्दै आएकी थिइन् । ‘मैले बिहे भएदेखि नर्क भोगिराखेको छु उनले भनिन ।
कुटपिट, मानसिक यातना र दुःखको त कुनै हिसाब छैन । तर, अस्ती सामान्य वादविवादमा सासुले कपाल तान्दै कुटनु भयो र जलाएर आज यसको खेला नै खतम गरिदेऊ भनी श्रीमान् र देवरलाई भन्नुभयो’, श्वेताले भनिन् । राजीव र श्वेताका ९ वर्षका छोरा र ७ वर्षकी छोरी छन् ।
धनुषा प्रहरीले पिडक परिवारको खोजिकार्य जारी राखेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन