मोटरसाइकल एक आपसमा जुधेर दुर्घटना हुँदा १ को मृत्यु, १ घाइते

   १९ जेष्ठ २०७८, बुधबार १७:०३  

तराई टप संवाददाता
कलैया, १९ जेठ । वाराको सिम्रौनगढ नगरपालिकामा बुधवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक भारतीय नागरिक घाईते भएका छन् ।
सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ स्थित गण्डक नहरमा भारतीय नम्बर प्लेट भएको बी आर ०५ ए एल ७०८३ र बीआर ०५ वाई ५५७८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर उक्त दुर्घटना भएका हुन् । वाराको पचरौता नगरपालिका ३ को २६ वर्षीय प्रदीप साह कलवारको मृत्यु भएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका कलवारलाई तत्कालै उपचारको लागि कलैया अस्पतालमा पुर्याउदा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय वाराले जनाएको छ ।
दुर्घटनामा परेका अर्का मोटरसाइकल चालक भारत मोतिहारी जिल्ला थाना झरौखर ग्राम पन्चायत बिजवानी वडा नम्बर ९ अठमुहान बस्ने २३ वर्षीय रामपुकार महतो नुनिया घाइते भएका छन् । घाईतेको सिम्रौनगढ स्थित कंकाली पोलिक्लिनिकमा उपचार भइरहेको वारा प्रहरीको प्रवक्ता एवं डिएसपी गौतम मिश्रले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै