सहकारी संस्थामा तोडफोड गरी क्षती पुर्याएको आरोपमा ४ पक्राउ

मोरङ, ८ बैशाख । जिल्ला प्रहरी कार्यालय मोरङले सहकारी संस्थाको ढोका तोडफोडको आरोपमा ४ जनालाई पक्राउ परेका छन् ।
मोरङको ग्रामथान २ मा रहेको सौजन्य बचत तथा ऋण सहकारी संस्थाको ढोका तोडफोडेर ७ लाख ७७ हजार चोरी गरेको आरोपमा ३ जना जेल चलान भएका हुन् । १ जना धरौटीमा रिहा भएका छन् ।
मोरङ जिल्ला अदालतको आदेश बमोजिम दिलिप कुमार चौधरी, इरज धामी र मिथुन पासवानलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिए ।