58
Shares
सप्तरी, ८ बैशाख । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा राजविराज स्थित सप्तरी जिल्लाका कारागारमा एक कैदीको मृत्यु भएको छ ।
खुट्टा सुन्निएपछि उपचारको लागि कोसी अस्पताल विराटनगर पु¥याइएका महदेवा गाउँपालिका वडा नं.३ का ५४ वर्षीय मिथिलेश यादवको उपचारको क्रममा मृत्यु भएको हो ।
उपचार हुन नसकेपछि थप उपचारका लागि कोसी अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा बिहीबार राति उनको मृत्यु भएको हो । जिल्ला प्रहरीका डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ५ वर्ष कैद भई २०७७ साल चैत ११ गतेदेखि उनी सप्तरी जिल्ला कारागारमा कैद सजाय भुक्तान गर्दै आएका थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन