96
Shares
बारा ८ बैशाख । नक्कली कागजातहरु तयार पारी नागरिकताको लागि सिफारिस गर्ने वडाध्यक्ष सहित ३ जना पक्राउ परेको छ ।
हजुरबुवा वंशजको आधारमा नागरिकता दिलाउनको लागि सिफारिस गरेको आरोपमा कलैया उपमहानगरपालिका वडा नं. १० का वडाध्यक्ष महम्मद साबिर सहित ३ जनालाई पक्राउ गरिएको हो ।
वडा अध्यक्ष साबिर सहित नागरिकता लिइसकेका नक्कली बाबु छोरा गरी ३ जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
उनका अनुसार कलैया उपमहानगरपालिका वडा नं..१० मटिअर्वा गाउँका नक्कली बाबु ७५ वर्षीय जोधन साह तुराहा र नक्कली छोरा बनेका २१ वर्षीय रमेश साह तुराहा पक्राउ परेका छन्् ।
गोप्य उजुरीको आधारमा उनीहरू पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन