कोरोना भाईरसबाट बुधवार थप १० जना संक्रमित, ३४७ जना कोरोनाको जंग जिते

   १९ जेष्ठ २०७८, बुधबार १७:२९  

तराई टप संवाददाता
रौतहट, १९ जेठ । पछिल्लो २४ घण्टामा १० जना कोरोना भाईरसबाट संक्रमित भएको पुष्टि भएको छ ।
गत साता देखि कोरोना भाईरसबाट संक्रमित हुनेहरुको संख्यामा निकै कमी आएको हो । जिल्ला कोभिड संकट नियन्त्रण व्यवस्थापन समितिद्धारा जिल्लामा पटक पटक निषेधाज्ञा जारी लगाएर मानिसहरुलाई घर भित्र राख्न सफल भएको हुँदा कोरोना भाईरसबाट संक्रमित हुनेहरुको संख्यामा कमी आएको बताइएका छन् ।
बुधवार गौर अस्पतालको पिसिआर ल्यावमा १३५ जनाले दिएको स्वावमा १० जना संक्रमित भएको पुष्टि भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । आज सम्म कुल संक्रमितको संख्या ११३६ जस मध्ये ३४७ जना कोरोनाको जंग जितेर सुरक्षित भई घर फकिएको तथा ५१ जना जिल्ला भित्र उपचारको क्रममा कोरोना संग लड्दालड्दै मृत्युवरण व्यहोर्न बाध्य भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
प्रजिअ यादवको अनुसार अहिले सम्म जिल्लामा कोरोना संक्रमितको संख्या ७३८ जना रहेको जसमध्ये ७२३ जना होम आइसोलेसनमा, १२ जना साधारण उपचारमा, ३ जना जिल्ला बाहिर उपचारको क्रममा रहेको स्पष्ट पार्नु भयो ।
पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । १ जनाको कोभिड अस्पताल गौरमा र २ जनाको अन्य जिल्लामा उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए । कोभिडबाट जिल्ला भित्र उपचार हुँदा ५१ जना र जिल्ला बाहिर उपचारको क्रममा ५२ जना गरी १०३ जनाको रौतहटको नागरिकहरु कोरोनाको सामु घुटना टेकिसकेको समेत प्रजिअ यादवले भने । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको स्वास्थ्य मापदण्ड सहितको सुरक्षित भई अति आवश्यक भएमा मात्रै घर बाहिर निस्कन सुझाव दिदै अन्य समयमा घरमै बस्न जिल्ला बासी संग अपिल गरे ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै