श्याम गुप्ता
बारा, ९ बैशाख । बारा क्षेत्र नम्बर २ का प्रतिनिधिसभाको उपनिर्वाचनका स्वतन्त्र उम्मेदवार सुरज शाह तेलीले एमालेका उम्मेदवार पुरुषोत्तम पौडेललाई समर्थन गरेका छन् ।
तेलीले नेकपा एमालेका उम्मेदवार पौडेलको समर्थनमा आफ्नों उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन्, भने उनले विज्ञप्ति जारी गर्दै आफ्नों उम्मेदवारी समेत निष्कृय गरेका हुँन् ।
उनले विज्ञप्ति जारी गर्दै भने, ‘‘एमालेका पुरुषोत्तम पौडेल बारा कै चिर परिचित अनुहार तथा बाराका पुरानों र जनमुखी नेता हुँन् ।
बारामा भएका विकासको पहल कर्ता समेत रहेका पुरुषोत्तमलाई प्रतिनिधिसभाको उपनिर्वाचनमा विजयी गराउँन आम मतदाता सँग अपिल समेत गरेका छन् ।’’
उनले भने, ‘बारा क्षेत्र नम्बर २ मा खटिरहँदा धेरै उम्मेवारहरुको विश्लेषण पनि गरिरहेको थिएँ, त्यो विश्लेषण गर्दा क्षेत्र नम्बर २ लाई आवश्यक भएको उम्मेदवार चाहिँ पुरुषोत्तम पौडेल नैं भन्ने निष्कर्ष निकालें ।’
उनले पुरुषोत्तमले अघि सारेको चुनावी नारा आँफूलाई मन परेको बताए । बाराका ४ वटा निर्वाचन क्षेत्रहरु मध्ये सबै भन्दा धेरै विकास क्षेत्र नम्बर १ मा भएको र त्यो पुरुषोत्तम कै कारण भएको र अब यस क्षेत्रमा समेत विकास गर्नका निम्ती पुरुषोत्तमको आवश्यक्ता भएको निष्कर्ष समेत उनले सुनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन