मुम्बई, १० वैशाख । इण्डियन प्रिमियर लिग (आइपिएल) मा गएराति पञ्जाब किंग्सले मुम्बई इण्डियन्सलाई १३ रनले पराजित गरेको छ ।
पञ्जाबले दिएको २१५ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउदै २०१ रन मात्रै बनाउन सक्यो ।
मुम्बईका लागि क्यामरुन ग्रीनले सर्बाधिक ६७ रन बनाए भने सूर्यकुमार यादवले ५७ रन बनाएका थिए । कप्तान रोहित शर्माले ४४ रन र टिम डेविडले अविजित २५ रन बनाएका थिए ।
पञ्जाबका बलर अर्शदीप सिंहले सर्बाधिक ४ विकेट लिएका थिए भने नाथन इलिस र लियाम लिभिंग स्टोनले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाउदै २१४ रन बनाएको थियो ।
पञ्जाबका लागि कप्तान साम करणने सर्बाधिक ५५ रन बनाएका थिए । त्यस्तै हरप्रित सिंहले ४१ रन बनाए भने अथर्भ तयडले २९, प्रभसीमरन सिंहले २६, जितेश सिंहले २५ रन बनाएका थिए ।
मुम्बईका बलर क्यामरुन ग्रीन र पियुष चावलाले २-२ विकेट लिए भने अर्जुन तेन्दुलकर, जासन बेहरेनड्रोफ र जोफ्रा आर्चरले एक एक विकेट लिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन