आरडिसीद्धारा गौर अस्पताल र परोहालाई स्वास्थ्य सामग्री हस्तान्तरण

   २० जेष्ठ २०७८, बिहीबार ०८:०३  

तराई टप संवाददाता
रौतहट, २० जेठ । विश्व व्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को नयाँ भेरियन्ट बाट हुने संक्रमण माथि नियन्त्रण गर्ने उद्देश्यबाट इश्लामिक रिलिफ नेपालले उपलब्ध गराएको स्वास्थ्य सामग्रीहरु गौर अस्पताल र परोहा नगरपालिकालाई आरडिसी नेपालले हस्तान्तरण गरेको छ ।
कोभिड १९ को नयाँ भेरियन्ट (दोश्रो लहर) को संक्रमण दर उच्च रहदा रौतहट जिल्लाको विभिन्न पालिकामा तीव्र रुपमा बढ्दै गईरहेको हुँदा संक्रमण रोकथाम र नियन्त्रणका लागि ग्रामीण विकास केन्द्र (आरडिसी) नेपालले, ईश्लामिक रेलिफ नेपाल र ईश्लामिक रेलिफ क्यानडाको सहयोगमा गौर अस्पताल र परोहा नगरपालिकालाई बुधवार एक समारोहका विच हस्तान्तरण गरिएको हो ।
नेपालमा कोरोनाको दोस्रो लहर प्रतिकार्य परियोजना २०७८ अन्तर्गत गौर अस्पतालका मेडिकल सुपरिडेन्ट डा. कृष्ण साह र परोहा नगरपालिकाको नगर प्रमुख शेख वकिललाई आरडिसी नेपालका अध्यक्ष पारस हुसैनले स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरे ।
पल्स अक्सिमिटर ३५ थान, एन ९५ मास्क ३५० थान, सेनिटाईजर २२० वोतल, पीपीई फुल ११७ सेट, सर्जिकल गल्बस १५० बक्स, भिटीएम कीट १२०० थान तथा औषधीहरु गरी ५८ हजार २०९ रुपैया बरावरको सहयोग स्वास्थ्य सामग्रीहरु संस्थाका अध्यक्ष पारस हुसैनले हस्तान्तरण गरेको बताए ।
डा. साहले अस्पतालमा खटिने कर्मचारी, विरमी तथा विरामीको कुरुवाहरुको लागि सहयोग हुने र अगामी दिनमा यस्ता सहयोग निरन्तर रुपमा जारी रहोस भने ईश्लामिक रेलिफ नेपाल र ग्रामीण विकास केन्द्र नेपाललाई धन्यवाद् दिए ।
आपत्कालीन प्रतिकार्य संयोजक विजय साह वनियाले स्वास्थ्य समाग्रीहरु हामीले कोभिड अस्पताललाई हस्तान्रण ग¥यौं त्यस समाग्रीहरुबाट एक जनाको पनि ज्यान जोगाउन सक्यौं भन्ने त्यही यस कार्यक्रमको ठूलो उपलब्धी हुने बताए । अगामी २० दिनभित्र आईस्ीइयू मेशीन सेट, अक्सिजन सिलिण्डर, विरामी वेड तथा कन्सेनट्रेक्टर सहितको मेडिकल उपकरणहरु गौर अस्पताल, चन्द्रपुर अस्थायी कोभिड अस्पताल तथा परोहा अस्पताललाई उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै