62
Shares
बारा, १० बैशाख । बारामा जारी प्रतिनिधिसभा सदस्यको लागि भइरहेको उपनिर्वाचनमा १ बजे सम्म २५ प्रतिशत मत खसिसकेको छ ।
प्रमुख निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार बारा–२ मा ८३ मतदान स्थलका १ सय ३७ मतदान केन्द्रमा मतदान भइरहेको हो । समाचार तयार पारुनजेल सम्म २५ प्रतिशत मत खसेको बुझिएको छ ।
निर्वाचन क्षेत्रमा १ लाख ५ हजार २ सय ४८ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाराले जनाए । जसमा ५८ हजार ९ सय ३४ पुरुष र ४६ हजार ३ सय १४ महिला मतदाता छन् ।
बारा–२ मा जिल्लाको पचरौता नगरपालिका, महागढी नगरपालिका, सुवर्ण गाउँपालिका, देवताल गाउँपालिका, करैयामाई गाउँपालिका र कोल्हवी नगरपालिकाको वडा नं.८ समाबेश रहेका हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन