71
Shares
बारा, १० बैशाख । बाराको क्षेत्र नं.२ मा भईरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत बाराको महागढीमाई नगरपालिका वडा नं.२ को ईनरवा स्थित मतदान केन्द्रमा बुथ कब्जा गर्ने प्रयास गरिएको छ ।
ईरनवास्थित मतदान केन्द्रमा शङ्कास्पद गतिविधि भइरहेको सूचना पाएर पुगेका पत्रकारहरुलाई मतदान अधिकृत दिवाकर झाले मतदान केन्द्र परिसर भित्र प्रवेश गर्ने रोक लगाएको हो ।
मतदान केन्द्रका बाहिर रहेका स्थानीयहरुले पत्रकारसँग दुर्व्यवहार गर्न खोजेका थिए । त्यसपछि त्यहाँ रहेका प्रहरीले सञ्चारकर्मीहरु उद्धार गरेका थिए ।
बाराको देवताल गाउँपालिका वडा नं.७ स्थित पिपरन जब्दी मतदान केन्द्रबाट जनता समाजवादी पार्टी नेपालका एक नेता पक्राउ परेका छन् ।
मतदान गर्ने क्रममा जसपाका नेता एवम् जिल्ला समन्वय समितिका सदस्य रामसागर यादवलाई मतपेटिका सुरक्षामा खटिएका प्रहरीले पक्राउ गरेका हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन